सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका–३ कनकाई टोलस्थित सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै कनकाई खेलकुद महासंघले सावधानीको प्रयास गरेको छ ।
महासंघले कनकाई टोलको सडकको चौवाटोको बिचमा मिनि राउण्डबोर्ड निर्माण गरेर दुर्घटना न्यूनिकरणका लागि सावधानी अपनाएको हो ।
गत साउन ४ गते दुर्घटना भएर झापा–६ का राजेश कार्कीको मृत्यु भएसँगै दुर्घटनाको जोखिम बढेको भन्दै महासंघले दुर्घटना न्यूनीकरणका लागि उपाय अपनाएको महासंघका अध्यक्ष गोबिन्द सुबेदीले बताए ।
‘हामीले अपनाएको सावधानीले केही न केही दुर्घटना न्यूनीकरण हुने विश्वास लिएका छौ’ उनले भने ‘चालकहरुले समेत यसमा ट्राफिक नियमको पालना गर्नुपर्ने हुन्छ ।’ ह्युम पाइपद्वारा निर्मीत अस्थायी राउण्डबोर्डमा रङरोकन गरिने समेत उनले बताए ।