- रन्जित परियार
इलाम ।
नेपाल राष्ट्रिय मगर संघ प्रदेश नं. १ को दोश्रो प्रदेश अधिवेशन शनिबार इलामको सूर्योदय नगरपालिका–५ स्थित श्री अन्तु पर्यटकीय स्थल सम्पन्न भएको छ ।
प्रदेश सभापति जगतबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महिन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथि नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय महामन्त्री इच्छु राना मगर, केन्द्रीय कोषाध्यक्ष कृष्ण थापा मगर, केन्द्रीय सदस्य धनामाया पुलामी मगर, केन्द्रीय सदस्य जीतनारायण थापा मगर, नेपाली कांग्रेस प्रदेश (ख) सभापति दुर्गा खपाङ्गी मगर उदयपुर, नेका सूर्योदय नगर सभापति जीवन नेपाल इलाम, नेका जिल्ला सह–सचिव देवेन्द्र सुवेदी र संविधान सभासद टीका लेप्चा सुब्बाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रदेशलाई सहयोग र सहकार्य पुराउने नेरामसं मोरङ, उदयपुर र इलामलाई नेपाली काँग्रेस उदयपुर, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका र श्री अन्तु होमस्टेलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको बन्दसत्र पश्चात बरिष्ठ केन्द्रीय सदस्य हरीश्वर थापा मगरको संयोजकमा गठित ३ सदस्यीय निर्वाचन समितिले सूर्यबहादुर गिनेल मगरको सभापतित्वमा १६ सदस्यीय निर्बिरोध प्रदेश समिति गठन गरेको छ । स्वागत उपसभापति सूर्यबहादुर गिनेलले गरेको कार्यक्रमको कार्यक्रमको सहजीकरण प्रदेश सचिव शम्भु रानाले गरेका थिए ।