झापा ।
झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ३ राजगढ बजार स्थित पशुहाटको खाली सार्वजनिक स्थानबाट अबैध अवैध चिनी प्रहरीले पक्राउ गरेको छ ।
चोरी पैठारी गरी भारतबाट नेपाल ल्याएर राखेको अवस्थामा ४० बोरा (२० क्विन्टल) चिनी प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय राजगढको प्रहरी टोलीले एकलाख ३० हजार रुपैयाँ मूल्य बराबरको ईन्डियन चिनि फेला पारी बरामद गरेको हो ।
प्रहरीले आइतवार बरामद गरेको चिनी आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालय झापा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।