- राजु बराल
चन्द्रगढी ।
झापाको चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नवौ साधरणसभा शनिबार सम्पन्न भएको छ ।प्रदेस सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यमा भद्रपुर–९ को देवकोटा चोक स्थित मुना सामुदायिक भवनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि मैनालीले समितिले प्रदान गरेको उत्कृष्ट बिध्यार्थी सम्मानबाट सम्मानित बिद्यार्थी दिपिका रेग्मी र कमल मिश्रलार्इ प्रशंसापत्र सहित नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मैनाली, भद्रपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राम दाहाल, नेकपा एमाले भद्रपुर नगर उपसचिव किरन कार्की, नेपाली काङ्ग्रेसका नगर उपसभापति रमेशचन्द्र झा, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष शिवकुमार राजभन्डारी, नेकपा एकीकृत समाजवादीका वडा न ९ का वडा अध्यक्ष ज्ञानेन्द्र कटुवाल, राप्रपाका वडा अध्यक्ष इश्वरीप्रसाद रिजाल, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष दुर्गाप्रसाद भट्टराई, समाजसेवी बिष्णुप्रसाद शिवाकोटी, चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफार्इ समिति सचिव बाबुराम कार्की, जग्गादाता धनपति उप्रेती र बद्री उप्रेतीका साथै सल्लाहकार संयोक शान्तिप्रसाद सापकोटाले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा सस्थाका अध्यक्ष चुडामणि मैनालीले बार्षिक प्रतिबेदन, कोषाध्यक्ष महेश नेउपानेले आर्थिक प्रतिबेदन र लेखा समितिका चन्द्रबहादुर कार्कीले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफार्इ समितिका अध्यक्ष चुडामणि मैनालीको अध्यक्षता, उपाध्यक्ष पार्वती मल्लको स्वागत रहेको कार्यक्रमको सन्चालन सचिव ध्रुव कार्कीले गगरेका थिए ।
समितिको तीन बर्षे कार्यकाल समापनसँगै निर्वाचन समितिले भाद्र २० गते देखि २३ गते सम्म परिषद सदस्य र टोल संयोजकको साथै भाद्र ३१ गते कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको निर्वाचन समिति सदस्य राजु बरालले बताए ।