बिर्तामोड । 

 अग्रज पत्रकार बिर्तामोड १ निवासी  लक्ष्मण ढकाल–दुर्गा ढकाल दम्पत्तिले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १५ हजार पाँच सय पाँच रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

पत्रकार ढकालको जन्मोत्सवको अवसरमा शनिबार (आज) उनीहरुले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी उक्त रकम प्रदान गरेका हुन् । अग्रज पत्रकार ढकाल पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक हुन् । पत्रकार महासंघका सदस्य समेत रहेका ढकाल साढे चार दशकदेखि पत्रकारितामा क्रियाशील छन् । 

 पत्रकारितामा क्रियाशील साथीहरुको सामाजिक सुरक्षामा योगदान गर्न आफूले कोषमा सहयोग गरेको ढकालले बताए । आफूले झैं अन्य साथीहरुलाई पनि कोषमा योगदान गर्न ढकालले आग्रह गरे । झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितमा महासंघले महाअभियान सञ्चालन गरेर प्रशंसनीय काम गरेको भन्दै ढकालले कोषको लक्ष्य हासिल गर्न सबैको सहयोग आवश्यक रहेको बताए । 

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६० लाख जम्मा भएको छ ।