अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनलाई मातृ शोक परेको छ । उनकी माता शिम्मा राई गोम्देनको शुक्रबार असामयिक निधन भएको थियो । 

विगत केही वर्ष अघिदेखि शरीरमा अबुद्र्ध रोग देखापरेपछि नगर प्रमुख गोम्देनले नेपाल तथा भारतका विभिन्नअस्पतालमा उपचार गराउँदै आएका थिए 

 घरैमा औषधी सेवन गरेर आराम गरिरहेकी शिम्माको एक्कासी निधन भएपछि गोम्देन परिवार शोकमा डुवेको छ । नगर प्रमुख गोम्देनकी माताको शुक्रबार बौद्ध परम्परा अनुसार दाहसंस्कार थियो ।