सुनसरी।

सुनसरीको धरान उप–महानगरपालिका–८ बाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान–१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको समुह र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगर बरामद भएसँगै प्रदेश १–०२–००३ ह १६४९ नम्वरको टेम्पोसहित नियन्त्रणमा लिइएका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।