सुनसरी । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गे स्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा दुई जनाको डुबेर मृत्यु भएको छ ।

नहरमा नुहाउने क्रममा बराहक्षेत्र–४ कि ३६ बर्षीया शोभो खडका र डिकबहादुर खडकाको १४ बर्षीया छोरी सलिना खड्का पानीमा डुबेर बेपत्ता भएकोमा शोभा खडकालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरान लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

  पानीमा डुबी बेपत्ता भएकि सलिना खडकाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले खोज तलासको क्रममा ३०० मिटर टाढा नहरको पानीमा डुवेर मृत अवस्थामा फेला परेको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।