बिर्तामोड । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित बिर्तामोडको बिहानी टोल सुधार समितिले ५१ जना एकल महिलालाई सम्मान गरेको छ ।  समितिको कार्यालयमा बिहीवार (आज) छैटौ बार्षिक साधारणसभाका अवसरमा एकमल महिलाहरुलाई सम्मान गरिएको हो । 

समितिका अध्यक्ष गोपालप्रसाद चुडाको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिषचन्द्र बास्तोलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा समितिका अध्यक्षले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष चुडालले प्रस्तुत गरेको समितिको प्रतिवेदन अनुसार आम्दानीतर्फ १० लाख ९५ हजार २७० रुपैयाँ छ भने ४ लाख १० हजार १५२ रुपैयाँ खर्च गरी साधारणसभाको खर्च बाहेक ६ लाख ८५ हजार ११८ रुपैयाँ बचत छ । 

स्वागत संस्थाकी बरिष्ठ उपाध्यक्ष गोमादेबी लुईटेलले गरेको कार्यक्रममा प्रमुख अतिथि बास्तोला, समितिका संस्थापक अध्यक्ष लक्ष्मी निरौला, कार्यपालिका सदस्य कल्पना कालिकोटेलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन समितिका सचिव मदन ओली र सह–सचिव दिवाकर पौडेलले गरेका थिए । सोही कार्यक्रमकाबीच रक्तदानसहित बिबिध कार्यक्रम गरिएको सचिव ओलीले जानकारी दिए ।