झापा ।
‘हाम्रो गौरव पुरस्कार २०२२’ भारतको सर्वोत्कृष्ट पुरस्कारबाट नेपालका दुई छोरीहरु पुरस्कृत भएका छन् । करोडौं नेपाली भाषीको बसोबास रहेको भारतको हाम्रो स्वाभिमान ट्रष्टले ‘हाम्रो गौरव पुरस्कार’ बाट अनुराधा कोइराला र इन्दिरा राना मगरलाई पुरस्कृत गरेको हो ।
यो बर्ष आफ्नो कार्य क्षेत्रमा सक्रिय रहेर उत्कृष्ट योगदान गरि नेपालीभाषी समाजलाई संसार भरिमा पहिचान दिलाउनु हुने नेपाली–गोर्खाली समाजका प्रसिद्ध लेखक, साहित्यकार, कलाकार, समाजसेवी एवं अन्य विख्यात गणमान्यसहितका १२ जना व्यक्तित्वहरुलाई ‘हाम्रो गौरव पुरस्कार २०२२’ प्रदान गरिएको छ ।
यो बर्ष उक्त पुरस्कार पाउनेमा नेपालका माइती नेपाल कि अनुराधा कोइराला र बन्दी सहयता नेपाल कि इन्दिरा राना मगर रहेका छन् । । पुरस्कार वितरण समारोहमा विश्वप्रख्यात योग गुरु एवं उद्यमी स्वामी रामदेव र विश्वप्रख्यात योग गुरु एवं उद्यमी आचार्य बालकृष्ण सहभागी रहेका थिए ।
स्वास्थ्यका कारणले कोइराला पुरस्कार ग्रहण गर्न भारत पुग्न सकीनु भने मगरले पुरस्कार ग्रहण गरेकी छिन् । हरितालिका तीज पर्व २०२२ को अवसरमा, हाम्रो स्वाभिमान ट्रस्ट (हरिद्वार) द्वारा हाम्रो गौरव पुरस्कार २०२२ बाट सम्मान्नित गरिएको थियो ।