मोरङ।

सुनसरीको धरान उप–महानगरपालिका–६ का २३ बर्षीय इशानबहादुर कार्कीको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको छ ।

मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवेको अवस्थामा साथीहरुले फेला पारेका थिए । डुवेको अवस्थामा फेला परेका उनको उपचारको लागि आफन्तले धरान घोपा लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो ।

उक्त घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।