दमक ।
प्रदेश १ का कृषिमन्त्रि झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको पूजा सामाग्री उत्पादन गर्ने कृषि फर्मको अवलोकन गरेका छन् । उनले यसलाई प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै नमुना काम रहेको पाएको बताएका छन् । ‘यहाँहरुले गरेको काम फरक र नुमना छ’ मन्त्रि दर्लामीले भने ।
दिब्य दृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्न प्रा.लि.को पुजा सामाग्री उत्पादन स्थलमा बुधबार(आज) मन्त्रि मगरपुगेका हुन् । ‘पुजा सामाग्रीहरुमा अधिकांश कृषि उत्पादनहरुको प्रयोग हुँदो रहेछ मन्त्री दर्लामीले भने ‘र यो फरक किसिमको काम देखेर खुशि लाग्यो ।’
पुजा सामाग्रीको रुपमा प्रयोग हुने तील, जौलगायतका सामाग्रीहरु उत्पादनको बिषयमा पनि उनले चासोराखेका थिए । ‘यहाँका किसानहरुलाई जोडेर के गर्न सकिन्छ त्यस बिषयमा पनि सोच्नु होला’ मन्त्रि मगरको भनाई थियो ।
पुजा सामाग्रीमा शुरुवातमा पूर्वी नेपाल र मुलकलाई नै आत्मनिर्भर बनाउने उदेश्यले नव ग्रह समिधा, जटिबुटिजन्य हवन सामाग्री, नेपालको पहिलो उत्पादन परिमल, गोमुत्र, गंगाजल, सप्तधान्य, मह, बाटेको धुप लगायतका सामाग्रीहरु त्यहाँ उत्पादन तथा प्रशोधन र प्याकेजिङ हुँदै आएको छ ।
फर्मका सञ्चालक यज्ञप्रसाद आचार्य र विष्णुप्रसाद पोखरेलले फर्मको बिषयमा जानकारी गराउदै प्रत्यक्ष र अप्रत्यक्ष गरेर ५० जना भन्दा बढिले रोजगार पाइरहेको जानकारी गराएका थिए । गो मुत्र प्रशोधन केन्द्र स्थापना गर्ने उदेश्य अनुरुप काम भइरहेकोसमेत सो अवसरमा फर्मका सञ्चालकहरुले जानकारी गराउँदै यसमा सहयोग गर्नका लागि आग्रह गरेका थिए ।
पुजा सामाग्रीको रुपमा प्रयोग हुने घर आँगनमा पाईने दुबो, कुश, अपमार्ग जस्ता सामाग्री समेतमा भारतमा आत्मनिर्भर हुनु पर्ने अवस्था रहेको भन्दै नेपाल भर आफ्ना उत्पादन पुर्याउन सहयोग गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।