मोरङ ।

 मोरङको बिराटनगर महानगरपालिका–१२ रोडशेस चोकबाट प्रहरीले भन्सार छलेर नेपाल भित्राउदै गरेको अवैध सामग्री प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा द्यच् ठप् ज्ञठद्दद्ध नम्वरको ट्रयाक्टरमा करिव ३७ लाख मुल्य बरावरको बिभिन्न प्रकारका मोटर पार्टसहरु भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्राउदै गरेको अवस्थामा बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको अवैध सामग्री तथा ट्रयाक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको छ ।

अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।