झापा ।
झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर १ का ८० बर्षिय एक बृद्धको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
सोही स्थानको मनकामना सामुदायिक वनमा मंगलबार बिहान १० बजे जंगली हात्तीको आक्रमणबाट घाईते भएर उपचारत देबीबहादुर अधिकारीको मृत्यु भएको हो ।
घाइते अधिकारीलाई उपचारको लागि घोपा धरानतर्फ लैजाँदै गर्दा बाटोमै साँझ ५ः३० बजे मृत्यु भएको भन्ने घोपा धरानबाट जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाका बिषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।