झापा ।

झापाको भद्रपुर नगरपालिका–४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका–३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाएर मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा नदीले बगाएपछि वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट प्रहरी टोलीको सहयोगमा नदीमा खोजतलास गर्ने क्रममा मंगलबार (आज) भुजेललाई बगाएको स्थान देखि ७ किलोमिटर दक्षिण नदी किनारमा मृत अवस्थामा फेला पारेका थिए ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।