बिर्तामोड । 

झापाको बिर्तामोड– २ स्थित रामचोकमा सञ्चालित सोनालिका ट्रयाक्टरको आधिकारिक बिक्रेता आध्याश्री ईन्टरनेशनलले चालक तालिम तथा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । 

आध्याश्री ईन्टरनेशनलले झापा जिल्ला भरका विभिन्न स्थानका करिव ५० जना भन्दा वढि ट्रयाक्टर चालकहरुलाई ट्राफिक सचेतना सम्बन्धि तालिम दिइएको थियो । 

ट्रयाक्टर उत्पादन कम्पनी र विशेषताको बारेमा कम्पनीका असिस्टेन सेल्स मेनेजर पप्पु शर्मा र ट्राफिक नियम सचेता जिल्ला ट्राफिक प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अशोककुमार जवेगु, ट्रयाक्टर परिचालन सम्बन्धी चालक क्षमता अभिवृद्धि सिनियर सर्भिस मेनेजर मकसुद अन्सारीले सहजीकरण गरेका थिए । 

 सञ्चालक राजेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा चौतित्यमाथि प्रकाश सह–सञ्चालक उज्जवल भट्टराईले प्रकाश पारेका थिए ।  कार्यक्रममा आध्याश्रीका प्रबन्धक निर्देशक अनुशिल थापा, प्रवन्धक प्रकाश कोइरालालगायतको उपस्थिति रहेको थियो  भने कार्यक्रमको सञ्चालन मेची अञ्चल स्पेयर पार्टस् तथा सर्भिस इन्चार्ज सुदिप सुब्बाले गरेका थिए ।

कार्यक्रममा कम्पनीका असिस्टेन सेल्स मेनेजर पप्पु शर्माले उक्त कम्पनीको ट्याक्टर एकसय ३५ बढी देशहरुमा एक्पोर्ट भइरहेको जानकारी दिएका थिए ।