झापा। 

झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर  ४ मा रहेको पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय विकास समिति नयाँ समिति गठन भएको छ । समितिको अध्यक्षमा जयप्रसाद पोखरेलचयन भएका छन् । अध्यक्ष पोखरेल हल्दीबारी वडा नम्बर ४ का  निजामती सेवामा कार्यरत वडा सचिब कर्मचारीसमेत हुन् । 

समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद ओली, सचिवमा अनिल चौहान, सहसचिवमा दिपक गैरापिपली र कोषाध्यक्षमा योगेश कार्की चयन भएका छन् । त्यसैगरी सदस्यमा युवराज भण्डारी, अमृतबहादुर श्रेष्ठ, बासु खतिवडा र मानप्रसाद मोक्तान  चयन भएको बताइएको छ । 

उक्त क्षेत्रमा पूर्वाधार निमार्णका निमित्त वडा कार्यालय, हल्दीबारी गाउँपालिका, १ नम्बर प्रदेश सरकार र नेपाल सरकारबाट समेत बजेट विनियोजन हुने गरेको छ। लाभको पदमा रहेका वडा सचिव आफैंले बजेट कार्यान्वयन गर्ने निकायमा कार्यरत रहेका पोखरेल नै यो समितिको कार्यकारी पदमा आउनु धामी आफै बोक्सी भन्ने उक्ति जस्तैः भएको निवर्तमान वडाध्यक्ष होम चुडाले बताए ।

पोखरेलले वडा सचिब पद राजिनामा दिनुपर्ने वा समितिको अध्यक्षबाट राजिनामा गर्नुपर्ने स्थानीयको माग रहेको छ। पोखरेल राष्ट्रिय प्रजातन्त्र पार्टी निकट छन् । नेपालको संविधानमा समावेशी सिद्धान्त अनुसारका महिला, दलित, जनजाती, मधेशीलगायत आरक्षित क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था भएपनि त्यसको बर्खिलाप गरी  समिति बनाएको रेम खरेलले बताए  । हल्दिवारीको पर्यटकीय क्षेत्रको रूपमा विकसित हुँदै गएको छ।