मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१४ बाट प्रतिबन्धित लागू औषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रवार बेलुका लागूऔषध बिक्रि बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले रामधुनी नगरपालिका–८ घर भई बिराटनगर–१४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजुसहित पक्राउ गरेको थियो ।
उनीसहित सिन्धुपाल्चोक चौताराका २६ बर्षीय बिकास थापा, बिरानगर–१५ का २४ बर्षीय बरुण साह, बिराटनगर–३ का ३० बर्षीय आशिस हमाल, बिराटगर–१३ का ३० बर्षीय सुलभ रिजाल र धरान–२० का २३ बर्षीय रोशन लिम्वु समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको मोरङ जिल्ला अदालतबाट लागू औषध कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।