मोरङ।
मोरङको बेलबारी नगरपालिका–१ स्थितबाट प्रतिवन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले बेलबारी–१ का सुरज गुरुङको घर कोठा खान तलासी गर्दा १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
सोही स्थानमा संकास्पद अवस्थामा रहेका बेलबारी ४ का ३८ वर्षीय ईन्द्र गुरुङ र ४१ वर्षीय बिनोद राईको साथबाट NITRABET- ४२ चक्की र DIALEX-DC-३ बोतल समेत फेला परेकोले तीनै जनालाई लागू औषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको प्रदेह प्रहरीले जनाएको छ ।