झापा । 

झापाको कमल गाउँपालिका वडा नम्बर ५ स्थित सिम्लेबाट प्रहरीले सिटी सफारीसहित अवैध काठ पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय दमकको प्रहरी  टोलीले प्र.१–०१–००१ ह ८०६० नं.को रोकिराखेको सिटीलाई शंका लागेर चेकजाँच गर्दा १८ थान चिरान अवैध काठ फेला परेपछि नियन्त्रणमा लिएको हो । 

नियन्त्रण लिएको ११.५४ क्युफिट काठसहित सिटी सफारी नियन्त्रणमा लिएर आवश्यक  कार्वाहीको लागि सेक्टर वन कार्यालय दमकमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।