झापा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ स्थित फुलमति खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने तीन वटा ट्रयाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । 

अबैध रुपमा ढुङ्गा उत्खनन् गर्ने मे.१ त.५९०६, मे.१ त.५२९२ नं.को ट्रयाक्टर र अर्जुनधारा १ स्थित नेते खोलाबाट मे.१ त.४८४० नम्बरको ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

अबैध रुपमा ढुङ्गा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको ट्रयाक्टरलाई आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकामा बुझाउन तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।