अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित दास पुल छेउको भिमसेन थान मन्दिरमा आयोजना भएको साप्ताहिक पुराणबाट २ लाख २९ हजार ८७४ रुपैयाँ आम्दानी भएको छ ।
पुराण अयोजक समितिले आइतवार (आज) बिर्तामोडस्थित मन्दिर परिषदमा पत्रकार भेटघाट गरी पुराणको आय व्यय सार्वजनिक गरेको हो । मन्दिरका सल्लाहकार संयोजक लालबहादुर श्रेष्ठका अनुसार पुराणबाट ७ लाख ९३ हजार ६७८ रुपैयाँ आम्दानी भएको र ५ लाख ६३ हजार ८०४ रुपैयाँ खर्च भई २ लाख २९ हजार ८७४ रुपैयाँ आम्दानी भएको हो ।
आम्दानी २ लाख २९ हजार ८७४ मध्ये बैंकमा जम्मा एकलाख ८५ हजार १८३, उठ्न बाँकी ३७ हजार ७७१ र नगद मौज्यात ६ हजार ४२० रुपैयाँ रहेको जनाइएको छ ।
२०६४ सालमा स्थापन भएको उक्त मन्दिरमा पहिलो पटक सवैभन्दा ठूलो कार्यक्रम आयोजना गरेको भिमसेन थान संरक्षण समितिका अध्यक्ष प्रभात मानन्धरले बताए । सोही अवसरमा संस्थापक अध्यक्ष राधाकुमारी श्रेष्ठले एकलाख ११ हजार एकसय ११ रुपैयाँको अक्षयकोष समेत स्थापना भएको उनले जानकारी दिए ।
संस्थाका नाममा जग्गा आएपछि उक्त मन्दिर स्थलमा अझै रकम जुटाएर भवन निर्माण गर्ने योजना रहेको अध्यक्ष मानन्धरले बताएका छन् ।