हल्दीबारी।

झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर २ जंगली हात्तीको आक्रमणमा दुईजना घाइते भएका छन्। शनिवार (आज) विहान करिव ४ः ३० बजेको समयमा मर्निङ वाक मा निस्केको अवस्थामा हात्तीसँग जम्काभेट हुन पुग्दा फर्सी राजवंशी र उनका छोरा घाइते भएको  हल्दिबारी वडा नम्बर २ का वडाध्यक्ष सुकलाल राजवंशीले जानकारी दिएका छन्।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको हल्दिवारी प्रहरी चौकी इन्चार्ज पर्शुराम राउतले जानकारी दिएका छन्। रातको समयमा ४ वटाको संख्यामा आएका हात्तीले एउटा पसलमा पनि क्षति पुर्याएको बताइएको छ ।

हल्दिवारीमा पछिल्लो समयमा जंगली हात्तीको जोखिम बढ्दै गएको छ।