झापा ।
झुटा बिवरण पेश गरी बिदेशी नागरिकले नेपाली नागरिकता लिन उधोग गरेको मुद्दाका फरार ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले फरार रहेका झापा कचनकवल गाउँपालिका वडा नं.२ का ५८ बर्षिय बमबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
पक्राउपछि फरार ब्यक्ति गुरुङलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको र अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र–आदेश भएपछि कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फरार गुरुङलाई ६ महिना कैद सजाय तोकिएको थियो ।