झापा ।
झापाको झापा गाउँपालिकाबाट स्रोत नखुलेको १३ लाख ६० हजार रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । झापा गाउँपालिका वडा नम्बर १ कुमरखोदबाट सोही वडास्थित लसुना भञ्सारबाट ५४ बर्षिय तेजबहादुर गणेशलाई स्रोत नखुलेको रकमसहित नियन्त्रण गरेको हो ।
इलाका प्रहरी कार्यालय कुमुरखोदबाट प्रहरी बरिष्ठ नायव निरीक्षक प्रबिन भट्टराईको कमाण्डमा रहेको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदैं गरेका झापा–१ लसुनाका गणेशलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकको २ वटा झोलामा प्याक गरी प्लाष्टिकको बोरामा लकाएर राखेको नेपाली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
गणेशको साथबाट नेपाली १ हजार रुपैयाँ दरको नोट ९०० थान, ५ सय दरको नोट ८०० थान र १ सयÞ दरको नोट ६०० थान गरी जम्मा १३ लाख ६० हजार स्रोत नखुलेको फेला पारेको हो । स्रोत नखुलेको नेपाली रुपैयाँ फेला परेपछि ण्डोशलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।