बिर्तामोड ।
नेपाल राष्ट्रिय धामी वैद्य संघले झापाको बिर्तामोडमा पहिलो पटक धामी–झाँक्री सम्मेलन गर्ने भएको छ । संघले शुक्रवार (आज) बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी भदौ १८ गते बिर्तामोडमा धामी–झाँक्री सम्मेलन तथा नेपाली धामी झाँक्री संस्कृति र परम्परागत उपचार पद्धति बिषयक पुस्तक लोकापर्ण गर्ने जनाएको हो ।
धामी–झाँक्री एउटा लोक संस्कृति, मौलिक सम्पदा, नेपालको अमूर्त सांस्कृतिक विधा भएकोले यसको संरक्षण, प्रवर्द्धन र यस विधामा पछिल्लो समयमा देखिएको विकृति विसंगतिलाई हटाउन र परम्परागत उपचार पद्धतिलाई अझ प्रभावकारी बनाउने उदेश्यका साथ सम्मेलन आयोजना गरिएको संघका केन्द्रिय अध्यक्ष सीताराम पुरीले जानकारी दिए ।
लगायतका विषयमा अन्तरक्रिया पनि हुने भएको छ । सोही दिन धामी–झाँक्री वैद्य ओखतीमुलोको बारेका तयार पारिएको पुस्तक पनि लोकार्पण गरिने आयोजकले जनाएको छ । नेपाल प्रज्ञा –प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा। जगमान गुरुङको प्रमुख आतिथ्यतामा हुने सम्मेलनमा विभिन्न जिल्लाका करिव १ सय ५० जना धामी–झाँक्रीहरुले झाँकी प्रर्दशन गर्ने पनि कार्यक्रम रहेको छ । जसमा ४० भन्दा धेरै महिला धामी–झाँक्रीहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष सिताराम पुरीले जानकारी दिए ।
सम्मेलनमा नेपाल राष्ट्रिय धामी–वैद्य संघका संरक्षक तथा वरिष्ठ सल्लाहकार, धामी–झाँक्रीविद्, पुस्तकका परिकल्पनाकार, निर्देशक ÷प्रकाशक भोलानाथ बास्तोलाको उक्त पुस्तक लोकार्पण गर्ने गरिने संघका सचिव रोशन भेटवालले बताए । सम्मेलनमा ४० प्रतिशत माताहरुको समेत उपस्थिति रहने जनाइएको छ ।
आगामी भदौ १८ गते बिहान ७ बजे कनकाई नदीमा सामूहिक स्नान गरेर शुरु गरिने कार्यक्रम अन्तरगत बिहान ९ बजे सम्मेलन उद्घाटन र झाँकी प्रर्दशन, ११ बजे धामी–झाँक्री सम्बन्धी कार्यपत्र प्रस्तुत, बेलुका ४ बजे दोख–दोखालो र ग्रह दशा मन्साउने विधि रहेको संस्थाका सचिव भेटवालले जानकारी दिए । उक्त सम्मेलनमा एकसय ५० बढी धामी झाँक्रीहरुको उपस्थिति रहने आयोजले जनाएको छ । सम्मेलनमा ११ जातीका धामी तथा झाँक्रीको समेत उपस्थिति रहने जनाइएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा संघका संरक्षक तथा भूमि दाता प्रदीप पुरी, सल्लाहकार सिर्जलाल चौधरी, उपाध्यक्ष चित्रकला बास्तोला, खडानन्द अधिकारी, धार्मिक अगुवा निराजन ओलीलगायतको उपस्थिति रहेको थियो । प्रदीप पुरीले संघको भवनका लागि अर्जुनधारा–७ स्थित पौडेल चोकमा २ कठ्ठा जग्गा दिएका छन् । उक्त जमिनमा आगामी हिउँददेखि संघको भवन निर्माण शुरु गर्ने योजना रहेको अध्यक्ष पुरीले जानकारी दिए । झापामा ५ सय वढि संघका सदस्य रहेको समेत बताइएको छ ।