हल्दिबारी ।
झापाको हल्दीबारी गाउँपालिकाको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले हल्दीबारी गाउँपालिकाका पूर्व पदाधिकारीले यातायात खर्च दोहोरो सुबिधा लिएको खुलासा भएको छ ।
गाउँ तथा नगर सभाका सदस्यहरूले पाउने सुबिधा सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ३ को अनुसूची १(क) को क्र.सं.११ मा सवारी साधन सुविधा नलिएका पदाधिकारीहरू अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूलाई क्रमश मासिक १० हजार, ४हजार, २ हजार ५, र २ हजार यातायात खर्च सम्बन्धि ब्यबस्था गरेको छ।
तर, ऐनको खिलापमा दोहोरो सुबिधा लिएको नमुना परिक्षणको क्रममा गाउँपालिकाको जिन्सी अभिलेख अनुुसार देहायका पदाधिकारीहरूले मोटरसाईकल बुझिलिई सवारी साधन सुविधा लिएको र मासिक रूपमा यातायात खर्च समेत भुक्तानी गरेको देखिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ।
यस्तो दोहोरो सुविधा उपलब्ध भएको हुँदा दोहोरो सुविधा लिने पदाधिकारीहरूबाट निम्नानुसारको रकम असूल उपर गरी स्थानीय सन्चित कोषमा दाखिला गर्नुपर्ने देखिएको जनाईएको छ।
यसरी दोहोरो सुबिधालिने पदाधिकारीमा वडा नम्बर १ अध्यक्ष त्रिलोचन सापकोटा मासिक दिएको भुक्तानी ४ हजार वार्षिक भुक्तानी कर बाहेक ४७ हजार ५ सय २० रुपैयाँ छ। वडा नम्बर २ अध्यक्ष राजेन्द्र योङ्हाङ मासिक दिएको भुक्तानी ४ हजार वार्षिक भुक्तानी कर बाहेक ४७ हजार ५ सय २० रुपैयाँ छ। वडा नम्बर ३ अध्यक्ष रोशन शिवाकोटी मासिक दिएको भुक्तानी ४ हजार वार्षिक भुक्तानी कर बाहेक ४७ हजार ५ सय २० छ।
वडा नम्बर ५ अध्यक्ष शेरबहादुर नेम्वाङ मासिक दिएको भुक्तानी ४ हजार वार्षिक भुक्तानी कर बाहेक ४७ हजार ५ सय २० छ।उनीहरुले लिएको दोहोरो रकम जम्मा १ लाख ९० हजार ८० रुपैयाँ असुली गरी स्थानीय सञ्चित कोषमा दाखिला गर्नु भनेको छ।