सुनसरी । 

भोजपुरको सानोदुम्बा–५ घर भई धरान–१३ बस्दै आएका ४१ बर्षीय रामबहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।

बिहिवार बेलुका रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले जनाएको छ ।

  घाईतेलाई उपचारको लागि  बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाएको तथा घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।