बिराटनगर।
मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहीवार (आज) मोरङको बिरानगर महानगरपालिका–३ स्थित राजमार्गमा प्रदेश १–००२ ह ३९२ नम्वरको अटो टेम्पोले पैदल यात्री बिरानगर १२ कि ७७ बर्षीया हिमा निरौलालाई ठक्कर दिदा घाईते भएकि निरौलाको विराट टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने टेम्पो र चालक ईटहरी १० का ३८ बर्षीय गौरव गुरुम्बाङलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको छ ।
त्यसैगरी आजै रामधुनी नगरपालिका–१ स्थित राजमार्गमा प्रदेश १–०४–००१ त ००८४ नम्वरको ट्रयाक्टरले साईकल यात्री स्थानिय ३४ बर्षीया मञ्जु चौधरीलाई ठक्कर दिंदा घाईते भएकि चौधरीको उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्याउना साथ उनको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक रामधुनी–४ का बिजय उराउलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको प्रदेश प्रहरीले जनाएको छ ।