सुनसरी ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीको भंगालोमा डुवेर बालकको मृत्यु भएको छ । 

सरस्वती माबि राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र ९ राजाबासका राजकुमार माझीको १२ बर्षीय छोरा अमर माझी बिद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्ने क्रममा पानीमा डुवेको अबस्थामा स्थानियले फेला पारेको थिए ।

फेला परेको बालकको  उद्दार गरी उपचारको लागि नगर अस्पताल  चक्रघट्टी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।