झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित प्रनिक प्रेट्रोल पम्पबाट अबैध रुपमा ल्याइदै गरेको दूध पाउडर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भञ्सार छलेर अबैध रुपमा ल्याइदै गरेको १ सय ३४ के.जी.पाउडर दुध अन्दाजी नियन्त्रणमा लिएको हो ।
उक्त अवैध दूध पाउडरको मुल्य ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गएको दूध पाउडर आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।