बिराटनगर।
१ नम्बर प्रदेश प्रहरी कल्याण कोषको लगानी तथा १ नम्बर प्रदेश श्रीमती संघको आयोजनमा सञ्चालित ६ महिना अवधीको सिलाई कटाई तालिम नवौ समुह र १५ दिन अवधिको च्याउ खेती तालिम दोस्रो समुहको समापन भएको छ ।
नेपाल प्रहरीका बहालवाला तथा पूर्व प्रहरी परिवारजनका १०÷१० जनाको सहभागीता रहेको सिलाई कटाई र च्याउ खेती तालिमको प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष कल्पना गिरीको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा श्रीमती संघकी अध्यक्ष कल्पना गिरीले यस किसिमका सिपमुलक तालिमले प्रहरी कर्मचारीका आश्रीत परिवारको आर्थिक उपार्जनमा टेवा पुग्ने बिश्वास लिईएको बताइन् ।
कार्यक्रममा उनले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरेकी थिइन् भने कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु , १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरिक्षक नबिनराज राई, तालिमका प्रशिक्षकहरु र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।