सुनसरी।
सुनसरीको ईनरुवा नगरपालिका–४ की २३ बर्षीया अनिता देवी खत्वेको हत्या गरी फरार रहेका उनकै श्रीमान ३५ बर्षीय बिनोदकुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७४ साल जेष्ठ ४ गते राती श्रीमतीको हत्या गरी घटनास्थलबाटै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले गत सोमबार साँझ पक्राउ गरेको हो ।
श्रीमतीको हत्या आरोपमा पक्राउ परेका खत्वेको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश नम्बर १ प्रहरीले जनाएको छ ।