झापा ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित बिरिङ खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ ढुवानी गर्ने टिफर र ट्याक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।
अबैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेको अवस्थामा चारवटा ट्याक्टर र दुईवटा टिपरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अर्जुनधारा १ स्थित बिरिङ खोलाबाट मे १ त ६३४०, प्रदेश–१–०१–००१ त ८२३९, को १ त ६४४ र मे १ त ५१३६ नं. ट्याक्टरहरु र अर्जुनधारा–८बाट प्रदेश–१–०१–००१ क ११२४, बागमती प्रदेश–१–०६ ख ३६४७ नं.को टिपरहरुमा अबैध नदिजन्य पदार्थ ढुवानी गरीरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका सवारी आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिका बुझाइएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।