झापा  । 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार पार्टीको गठबन्धनले आह्वान गरेको नेपाल बन्दको प्रभाव केही स्थानमा सामान्य परेको छ । बन्दको प्रभाव भने झापामा नरहेको प्रहरीले जनाएको छ ।

तर, अरुवेला भन्दा सवारी साधन कम रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवत्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिदै बिहान सवारी साधन केही कम भएको बताएका छन् ।  बन्दका कारण झापाका अधिकांश शैक्षिक संस्था बन्द रहेका छन् । 

 जनजिविकाका सवाललाई लिएर चार पार्टीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।  मंगलबार  विप्लवसहितका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेको छ  । नेपाल बन्दको कारण देशभर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । 

बन्दकै क्रममा विभिन्न स्थानमा जबरजस्ती बन्द गराउँदै हिँड्ने केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ । डेढ दर्जनलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ । बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ता ५ जनाको समूहमा एक्कासी आएर महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेका छन्।  कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुङ्गा प्रहार गरि सिसा फुटाएर भागेको जनाइएको छ ।  

त्यस्तै कैलालीको अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको कैलाली प्रहरीले जानकारी दिएको छ ।  दाङमा बिहानै टि«परमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ ख १६९४ नम्बरको टि«परमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो । चार–पाँच जनाको समूहले आगजनी गरि भागेको र टि«परको अघिल्लो भाग जलेर नष्ट भएको छ । आगजनी कसले गर्यो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।