भद्रपुर ।
वातावरण तथा सरसफाइ अभियानमा सक्रिय रहँदै आएको क्लिन झापाले सोमबार १० औं साधारणसभा सम्पन्न गरेको छ । झापाको भद्रपुर ७ स्थित संस्थाकै कार्यालय साधारणसभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा भएको साधारणसभा भद्रपुुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले उद्घाटन गरेकी थिइन् ।
संस्थाका उपाध्यक्ष सन्तोष न्यौपानेले स्वागत र सचिव रुद्रबहादुर न्यौपानेले सञ्चालन गरेको साधारणसभामा अध्यक्ष उपाध्यायले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
क्लिन झापाले जिल्लामा स्थानीय तहहरुको सहयोगमा वतावरण तथा सरसफाई सम्बन्धी सचेतनामूलक क्रियाकलाप गरिरहेको र त्यसबाट सकारात्मक परिणामहरु हासिल भएको सचिव न्यौपानेले जानकारी दिए ।