झापा । 

अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कल्सल्टेन्सी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको छ।

 पक्राउ पर्नेहरुमा दमक–८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सन्चालक स्थानिय २५ बर्षीय सतप्रकाश साह र दमक नगरपालिका–७ का २७ बर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सन्चालक  कमल गाउपालिका–२ का ३० बर्षीय अरुण कार्की तथा British Army Training Center Damak का सन्चालक दमक–८ का ३३ बर्षीय राजु लिम्बु रहेका छन् ।  

गोप्य सुचनाको आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले उनीहरुलाई भदौ ३ गते दमकबाट पक्राउ गरी सोमवार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो ।

पक्राउ परेको यो समुहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application  द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्यव्यक्तिहरुको नागरिकताबाट Ncell सिम झिकेर सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवाश्यक पर्ने E-sewa खाता खोली लाखौंको कारोबार गर्ने तथा कन्सल्टेन्सीमा आउने बिध्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र SEE  को प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले प्रयोगमा ल्याईएका NCELL का सिमहरु २७९ थान र प्रयोग नभएका ४५ थान, १९ थान मोवायल, ल्यापटप ४ थान,  Prajapati Sapkota Ward Chairman Damak-2 लेखिएको स्ट्याम्प १ थान , Head Teacher लेखिएको स्ट्याम्प १ थान, ik Bahadur Gurung  लेखिएको स्ट्याम्प १ थान ,Madi Municipality 3 No. Ward Office, Sankhuwasabha लेखिएको स्ट्याम्प १ थान, Government Of Nepal Ministry Of Education लेखिएको स्ट्याम्प १ थान , नेपालको निशान छाप भएको स्ट्याम्प १ थान , नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्ड लेखिएको स्ट्याम्प १ थान , Global Educational Academy  लेखिएको स्ट्याम्प १ थान र Nepalese Army Record Office, 2043  लेखिएको स्ट्याम्प १ थान बरामद गरेको छ ।

पक्राउ परेको यो समुहलाई  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ  ।