सुनसरी ।

सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।१४ गतेको फैसला आदेशले ६ महिना  कैद र छहजार रुपैयाँ जरीवाना भएर हाल सम्म फरार रहँदै आएका धरान उप–महानगरपालिका–१५ का ३५ बर्षीय प्रेम तामाङ पक्राउ परेका छन् ।

फरार प्रतिवादीको खोजतलासमा खटिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले तामाङलाई सोमवार (आज) धरानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको  कैद भुक्तानको लागि कारागार पठाएको प्रदेश प्रहरीले जनाएको छ ।