• धर्मेन्द्र मामा 

बिर्तामोड । 

भट्टराई कुल वंश प्रतिष्ठान झापा जिल्ला छोरी बुहारी महिला सञ्जालको आयोजना तथा कनकाई नगर शाखाको संयोजनमा जिल्ला स्तरीय तीज मिलन कार्यक्रम भएको छ ।  कार्यक्रममा भट्टराई कुल वंश प्रतिष्ठानका शाखा गठन भएका पालिकाहरुबाट तीन्  सय ५० भन्दा बढी भट्टराईका छोरीबुहारी हरुको उपस्थिति रहेको थियो । 

कनकाई नगरपालिकास्थित पर्यटकीय स्थल धनुषकोटी धाम तीज मिलन कार्यक्रममा अर्जुनधारा, मेचीनगर, भद्रपुर, कचनकवल, बिर्तामोड, कन्काई ,शिवसताक्षी र दमक नगरपालिकाका महिलाहरु सहभागी भएका थिए । 

 छोरी बुहारी महिला सञ्जाल झापाकी संयोजक शकुन्तला भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भट्टराई कुल वंश प्रतिष्ठान केन्द्रिय महिला महाशाखा प्रमुख भीष्मा भट्टराईले छोरी बुहारीहरु अब घरमा मात्र सीमित हुने दिन गएको बताउँदै आफ्नो क्षेत्रमा अघि बढ्नु पर्ने बताइन् । 

घरको दैनिक काम काज भ्याएर पनि सामाजिक तथा समूहगत रुपमा गरिने कार्यक्रमहरुमा सहभागि हुन सबैलाई आग्रह गरिन् । कार्यक्रममा विशिष्ट अतिथि दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराईले छोरी मानिसले विवाह गरेर जाँदैमा आफ्नो वंश परम्परा रीतिथिति बिर्सन नहुने बताउँदै विवाह पश्चात पनि अध्ययन–अध्यापनलाई जारी राख्नु पर्ने बताइन् ।  

कार्यक्रममा भट्टराई कुल वंश प्रतिष्ठान झापा जिल्लाका अध्यक्ष धर्मेन्द्र भट्टराईले अब जिल्लाभर १५ वटै पालिकामा महिला सञ्जाल गठन गरी भट्टराई वंशका छोरी बुहारी हरूको उत्थान र विकासमा सहयोग पुर्याउने बताए । तीज मिलन कार्यक्रममा विभिन्न गीत संगितहरुमा नृत्य प्रस्तुत गर्नुका साथै गायन प्रतियोगिता नृत्य प्रतियोगिता र क्यारीकेचर समेत प्रस्तुत गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट हुने हरुलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो । 

कुल वंश प्रतिष्ठान कनकाई नगर समिति छोरी बुहारी महिला सञ्जाल समेत गठन गरिएको छ । समितिको अध्यक्षमा लीला भट्टराई, उपाध्यक्ष निरु भट्टराई, सचिव अम्बिका भट्टराई, कोषाध्यक्ष उर्मिला भट्टराई र सदस्यहरुमा बिनिता भट्टराई, उषा भट्टराई, पार्वती भट्टराई, बिमला भट्टराई, राधिका भट्टराई, सुमित्रा भट्टराई, इन्दु भट्टराई शुष्मा भट्टराई, सुमित्रा भट्टराई, कौशिला भट्टराई, डम्बरकुमारी भट्टराई, टीका भट्टराई, तुलसा भट्टराई र अम्बिका भट्टराई रहेका छन् । 

नवनिर्वाचित समितिलाई महिला सञ्जालकी जिल्ला संयोजक शकुन्तला भट्टराईले अविर लगाएर स्वागत गरिन् । कार्यक्रममा विभिन्न मिष्ठान्न परिकारहरु बनाएर  भोजन गराइएको थियो । भट्टराइको बंश प्रतिष्ठान झापा जिल्ला समितिका सचिवालय सदस्य केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कनकाई नगर समितिका अध्यक्ष रघुनाथ भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।