कचनकवल ।
झापाको कचनकवल गाउँपालिकाले पालिका भित्र रहेका छाडा तथा भुस्याहा कुकुरहरूको लागि वन्ध्याकरण शिविर सञ्चालन गरेको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतका अनुसार पालिकाको ६ लाख आर्थिक सहयोगमा गाउँ पालिका भित्र छाडा छोडिएका तथा भुस्याहा कुकुरहरूको पशु शाखामार्फत बन्ध्याकरण शुरु गरिएको हो ।
पशु शाखा प्रमुखको मशिन्द्र यादवका अनुसार नेपाल एग्रो एन्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा भदौ ३, ४ र ५ गतेसम्म सञ्चालित शिविरबाट गाउँ पालिका भित्रका तीन सय कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको छ ।
पहिलो दिन ६ र ७ नम्बर वडाका ९० कुकुरहरूको सफलता पूर्वक बन्ध्याकरण गरिएको उनले बताए ।