बिर्तामोड ।
इन्द्रेणी महिला समाज झापाले तीज विशेष कार्यक्रम गरेको छ । झापाको बिर्तामोड –४ स्थित लाली गुराँस टोलमा समाजले तीज मिलन कार्यक्रम गरेको हो ।
नेपाली महिलाहरुको महान पर्वको रुपमा रहेको हरितालिका तीजको अवसर पारेर समाजले तीज मिलन कार्यक्रम गरेको छ । नेपाली संस्कार सस्कृतिको जगेर्ना तथा महिला अधिकार र सामाजिक न्यायको निम्ति स्थापित प्रगतिशील सामाजिक सस्था इन्द्रेणी महिला समाजले प्रतयेक बर्ष तीज कार्यक्रम गर्दै आएको छ ।
इन्दु कत्तेलको अध्यक्षतामा भएको कार्यक्रममा गायिका तारा दुलाल नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर १ सदस्य बासु दुलाल, नेकपा (माओवादी केन्द्र) बिर्तामोड ४ पार्टी अध्यक्ष गोपी अधिकारीलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरुले खर खाएर र नाचगान गरेका थिए । कार्यक्रमको सञ्चालन मनिता दाहालले गरेकी थिइन् ।