बिराटनगर ।
मोरङको बिराटनगर महानगरपालिका–१५ बाट प्रहरीले भन्सार छलेर नेपाल ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बीआर ३८ ए ३२८७ नम्वरको ट्रयाक्टरमा भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल तर्फ ल्याउदै गरेको करिव १२ लाख मुल्य बरावरको बिभिन्न किसिमका कपडा तथा जुत्ताहरु बरामद गरेको हो ।
अबैध सामान बरामद भएसगैं ट्याक्टर र चालक समेतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।