हल्दिबारी । 

प्रदेश सभा सदस्य पुर्णप्रसाद राजवंशीले हल्दिवारी गाउँपालिका– ४ मा रहेको सृजनशिल आमा समुहको नवनिर्मित भवनको उद्घाटन गरेमन छन् । 

प्रदेश सभा सदस्य राजवंंशीको संसद कोषबाट  प्राप्त २० लाख रुपैयाँ र आमा समुहको ४ लाख २५ हजार रुपैयाँ बराबरको जन श्रमबाट एउटा सभाहल सहितको ३ कोठा भएको भवन निर्माण गरिएको समुहकी अध्यक्ष होमा देवी खरेल  न्यौपानेले बताइन् । २०७५ सालमा स्थापना भएको आमा समुहलाई भवन निर्माण गर्न स्थानीय आमा गोमादेवी खरेलले १० लाख मुल्य पर्ने १३ धुर जग्गा निशुल्क दिएकी थिइन् । 

५० जना सदस्य रहेको समुहले रोजगारीसँग जोडिने कार्यक्रम सञ्चालन गर्न लागेको र प्रदेश सभा सदस्य राजवंशीको पहलमा  ढाका सिलाई, बुनाई, अचार, मसला सम्बन्धि तालीमका साथै व्यक्ति बिकास कार्यक्रम सञ्चालित गर्न लागेको समूहकी अध्यक्ष खरेलले जानकारी गराइन् ।

 उद्घाटन कार्यक्रममा आमा समुहले प्रदेश सभा सदस्य राजवंशी, जग्गा दाता स्थानीय आमा गोमादेवी खरेल, सस्थाको भवन निर्माण र जग्गा सम्बन्धि कार्यमा सहयोगपुर्याएका समाजसेवी इस्वरीप्रसाद दाहाललाई सम्मान गरिएको थियो ।