बिर्तामोड । 

 झापा किर्तामोडको होटल हिकोला हेरिटेज आठौँ वर्षमा प्रवेश गरेको छ । हिकोलाले आज सातौँ वर्ष पूरा गरेको हो । बिर्तामोडका व्यवसायी, धार्मिक तथा सामाजिक व्यक्तित्व साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले छोरी मनिताको जन्मदिन पारेर २०७२ भदौ ४ गते होटल सञ्चालनमा ल्याएका थिए । 

तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाले बिर्तामोडको पहिलो वान स्टार होटलका रुपमा स्थापना भएको होटल हिकोला हेरिटेजको उद्घाटन गरेका थिए । सीमावर्ती सहर काँकडभिट्टामा समेत २०७६ माघ २६ गते होटलको पहिलो शाखा खुलेको थियो ।

प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले होटल हिकोला हेरिटेज काँकडभिट्टाको उद्घाटन गरेका थिए । बाह्य पर्यटकको आगमनलाई ध्यानमा राखेर काँकडभिट्टामा शाखा खोलिएको सञ्चालक श्रेष्ठले बताए । 

‘कोरोना संक्रमणका बेला पनि शुभेच्छुकको मायाले टिकिरहन सहयोग पुग्यो’, सञ्चालक श्रेष्ठले भने, ‘हामी कत्ति पनि विचलित नभई सेवामा समर्पित भयौँ ।’ होटलका लगनशील र मेहनती कर्मचारीका कारण पनि होटलले अब्बल सेवा दिँदै आएको सञ्चालक श्रेष्ठ बताउँछन् । 

पर्यटन प्रवद्र्धन अभियानमा पनि होटलले रचनात्मक भूमिका निर्वाह गर्दै आएको श्रेष्ठको अनुभव छ । उनले होटल आठौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सबै शुभेच्छुक र सहयोगीलाई धन्यवाद दिँदै यस्तै माया पाइरहने अपेक्षा पनि गरेका छन् ।