झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ पिङ्कि ठ्याकबाट अवैध रुपमा भारततर्फ लगिदै गरेको सुपारी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नेपालबाट भारततर्फ अबैध रुपमा लादैं गरेको १ सय ४० केजी सुपारी पक्राउ गरेको हो । पक्राउ परेको सुपारी अन्दाजी ८५ हजार रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले भद्रपुर–६ भानु चोकमा भारतबाट अवैध रुपमा लुकाएर ल्याउँदै गरेको अन्दाजी एकलाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।