सुनसरी।
सुनसरीको इटहरी उप–महानगरपालिका १७ मा चट्याङले लागेर एक जना महिलाको मृत्यु भएको छ ।
हिजो अपरान्ह साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागेर घाईते भएकि स्थानिय २७ बर्षीय केसी रिषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लिगिएको थियो ।
उनको उपचार हुन नसकि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।