झापा ।
झापाको दमक नगरपालिका वडा नम्बर १० रतुवा पुलबाट प्रहरीले पिकअफ गाडीमा ल्याउदै गरेको अवैध समान पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले मोरङबाट झापातर्फ आउदैं गरेको मे.१ च.६७९० नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा अवैध सामान पक्राउ गरेको हो ।
गाडी भित्र अवैध रुपमा ल्याउदै गरेको चिनि १६ बोरा, बिडि–४ काटुन, खैनी–५ बोरा र कुरमुरे ३ बोरा फेला परेका परेको प्रहरीले जनाएको छ । उक्त सामान र गाडी अन्दाजी .६ लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको रहेको जनाइएको छ ।
गाडी चालक दमक –७ का बर्ष ४१ बर्षिय नारायण बस्नेतलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।