झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ गैरीगाँउबाट नेपालबाट भारततर्फ अबैध रुपमा लादै गरेको सामान पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले अन्दाजी ८० हजार रुपैयाँ मूल्य बराबरको १२० केजी सुपारी पक्राउ गरेको प्रहरीले जनाएको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले झापा मेचिनगर नपा.वडा नं.६ स्थित भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउदै गरेको एकलाख रुपैयाँ बराबरको ५० बन्डल रजनिगन्धा गरी जम्मा एकला ८० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
बरामद भएको सामान मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।