झापा । 

झापा शिवसत्ताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित कनकाई सिंचाई आयोजनाको नहरमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी २४ बर्षिय शिव जोगी रहेका छनु । जोगी दुई जना साथीहरु सहित पौडी खेल्न गएकोमा साथीहरु भन्दा पहिला नहरमा पौडी खेल्न पसेको र उनी पानीमा डुवेर बेपता भएका थिए । 

इलाका प्रहरी कार्यालय झिलझिलको प्रहरी निरीक्षकको टोली र अस्थाई प्रहरी पोष्ट माइधारको प्रहरी टोली खोजतलास गर्ने क्रममा अन्दाजी १.५ कि.मि.दक्षिणमा नहरको जालीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाका बिषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।