झापा । 

झापाको दमक नगरपालिका वडा नम्बर ४ चिया दोकान स्थित पूर्व पश्चिम राजमार्गमा केही दिन अघि भएको सवारी दुर्घटनमा घाइते भएर उपचारत स्कुटर चालकको मृत्यु भएको छ । 

गत साउन २७ गते पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.८ ख.३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश नं. १–०४–००१ प.२४५५ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा स्कुटी चालक दमक–४ का ६८ बर्षिय रामजुलुम नायक घाईते भएका थिए । घाइते उनको निम्स अस्पताल दमकमा उपचार पश्चात थप उपचारको लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो । 

दुर्घटना भएर उपचार भइरहेको उनको मंगलबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । ट्रक चालक अर्जुनधारा–५ का ३८ बर्षिय मात्रिका दनुवार र दुबै सवारी साधनहरु इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ । उक्त घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।